बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीको नेपाललाई अफर, ‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

बुधबार, ०५ कात्तिक २०७७, ०६ : ५५
बुधबार, ०५ कात्तिक २०७७

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । उनले दाहालनिवास खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ ।

नेपालनिकट नेताहरुका अनुसार ओलीले मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव आएको छैन ।

नेकपाभित्र शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दुरी बढेको थियो । पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप