रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए
मङ्गलबार, ०४ कात्तिक २०७७, २२ : १३
मस्को । रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् ।
कोरोनाभाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितहरु देखिएका छन् । सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । यहाँ झण्डै पाँच हजार व्यक्ति संक्रमित भएको पाइएको छ ।
सेन्ट पिटसबर्गमा ६९५ र मस्को क्षेत्रमा ४२६ जनामा कोभिड–१९ देखिएको छ ।
रसियामा विगत २४ घण्टाको अवधिमा २६९ जना संक्रमितको मृत्यु भएको छ र यो अघिल्लो दिनभन्दा १७९ ले बढी हो । रसियामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २४ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ