शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने थप एकजना बुटवलबाट पक्राउ

मङ्गलबार, ०४ कात्तिक २०७७, २१ : ४४
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको टौदह घर भएका निरज राना मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले यसअघि सिराहा घर भएका रुपेश शाह र रविन लामालाई पक्रेको थियो ।

निरजलाई बुटवलमा पक्राउ गरेर काठमाडौँ ल्याइँदै छ । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए ।

निरज त्यसदिन रुपेशको आग्रहमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक कुट्न गएको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि पक्राउ गरिएका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थि हुन् । पक्राउ परेकाहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप