फेसबुकमा ‘बलात्कारी संगठन’ बनाउने पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा ‘रेपर एशोसिएसन’ (बलात्कारी सगठन) नामक पेज तथा समूह बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाल रहेका छन् ।
नेपालले फेसबुक पेज र ग्रुप बनाइ बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामाग्री पोष्ट गर्ने प्रतिक्रिया जनाउने गर्थे । उनले महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव शिष्टाचाविरुद्धको सामाग्रीसमेत पोष्ट गर्ने गर्थे ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय पाल्पाको समेत सहयोगमा घरबाटै पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन् ।
नेपालविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको अभियोग लगाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ