शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा सङ्क्रमित छ हजार नाघे

मङ्गलबार, ०४ कात्तिक २०७७, २१ : १७
मङ्गलबार, ०४ कात्तिक २०७७

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कात्तिक ३ गते कोरोना पुष्टि भएका निजमा कोरोना सहित निमोनिया र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप