शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा  सय बेडको कोरोना केयर सेन्टर सञ्चालन हुने

मङ्गलबार, ०४ कात्तिक २०७७, २० : ४१
मङ्गलबार, ०४ कात्तिक २०७७

कोरोना सङ्क्रमितको उपचार सहज बनाउन उद्योगी एवं निजी क्षेत्रको  सहयोगमा  विराटनगरमा एक सय बेडको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ। विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त सेन्टर निर्माण गरिने भएको छ ।

सेन्टर निर्माण अभियानका लागि विराटनगर महानगरका प्रमुख भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतका व्यक्तिले कोभिड राहत कोष निर्माण गरी विगत केही समयदेखि निरन्तर  कार्य गरिरहनु भएको छ। सेन्टर निर्माण गर्न प्रमुख सल्लाहकारमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोरालालाई राखिएको छ भने उद्योगी तथा पूर्व संविधान सभा सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति  आज गठन गरिएको छ। 

समितिको आज वसेको बैठकले विराटनगरका नागरिकको हितका लाागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट सर्वसाधारण  जनता लाभान्वित हुने सेन्टरका अध्यक्ष सारडाले बताए । उनले  विराटनगर महानगर र प्रदेश सरकारको सहयोगमा कामको थालनी दुई/तीनदिन भित्र शुरु गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप