कपिलवस्तुमा ५ किलो अफिम बोकेका व्यक्तिले प्रहरीलाई धक्का दिँदै भारत लागेपछि...
कपिलवस्तुमा ५ किलो अफिम बोकेका व्यतिले प्रहरीलाई धक्का दिँदै भारततिर लागेपछि कपिलवस्तुमा आज दिउँसो सनसनी मच्चिएको थियो । दिउँसो करिब साढे १ बजे कृष्णनगर नगरपालिका वडा नं. २ लिङकगेटस्थित डिउटीमा खटिएको प्रहरी टोलीले नेपाल–भारत आवतजावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा अफिम बोकेका ती व्यक्ति नेपाल प्रहरीलाई घक्का दिँदै भारततिर भागेका थिए ।
पछि भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । रुकुम बाफिकोट गा.पा. वडा नं. ८ दुली घर भइ अहिले दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह चोकमामा बस्ने ३५ बर्षका लालबहादुर खत्री (लाले) को नेपाली प्रहरी चेकजाचँ गर्ने क्रममा प्रहरीलाई घक्का दिँदै दशगजातिर भागेका थिए ।
त्यसपछि भारतीय प्रहरी नियन्त्रमा लिएर नेपाल प्रहरीलाई बुझाउँदा प्लाष्टिकको झोलामा बेरेर राखेको अवस्थामा ६ प्याकेट (तौल गर्दा ३ किलो) र शरीर खनतलासी गर्दा थप २ किलो गरी ५ किलो अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए । बरामद गरिएको उक्त लागु औषधसम्बन्धि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
जिल्लामा प्रमुख समस्याको रुपमा रहेको लागु औषध कारोबारीको जालो तोड्न कपिलवस्तु प्रहरी सक्रिय बनेको प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र