शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो, ‘कर्णाली विवादबारे चार बुँदे सहमति भएको होइन’

मङ्गलबार, ०४ कात्तिक २०७७, १८ : ४८
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कर्णाली विवादबारे दुई अध्यक्षको सचिवालयका तर्फबाट फरक–फरक धारणा सार्वजनिक भएका छन् ।  ओलीको सचिवालयले कर्णाली विवादबारे चार बुँदे सहमति भएको सार्वजनिक गरेलगत्तै प्रचण्डको सचिवालयले कुनै सहमति नभएको भन्दै प्रेश नोट जारी गरेको हो ।


अध्यक्ष प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो । उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो ।’

अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटा ‘जुगल’ले भनेका छन्, ‘यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप