बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा अपहरित बालिकाको सकुशल उद्धार, ३ जना पक्राउ

मङ्गलबार, ०४ कात्तिक २०७७, १८ : २३
मङ्गलबार, ०४ कात्तिक २०७७

लतिलपुरमा अपरहणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका  ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालीकाको सकुशल उद्धार गरेको छ ।

 ललितपुर माहालक्ष्मी नगरपालिका–४ इमाडोलबाट अपरिचित ३–४ जना व्यक्तिहरूले बालीकाको अपहरण गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२९ हरिसिद्धीबाट बालिका सकुशल उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका  ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० का राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व  नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सीता परियार र जिल्ला  धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप