शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फूलपातीबाट ‘समर लभ’

मङ्गलबार, ०४ कात्तिक २०७७, १५ : ५१
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ फूलपातीबाट रिलिज हुने भएको छ । निर्देशक मुस्कान ढकालले फिल्म दशैंको अवसर पारेर फूलपातीबाट डिसहोम मार्फत् सार्वजनिक हुन लागेको जानकारी दिए ।

हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दशैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भएपनि रिलिज गर्न लागेको जानकारी गराए । 
डिसहोम पछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् । 

सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदिकलाकारको अभिनय रहेको फिल्मगत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप