केन्द्रीय संस्करण

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0
file photo

लमजुङ । लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी  सहयोग आउने गरेको र त्यसकै भरमा  दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथो दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा  चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए । उनले भने, ‘विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।’

दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्ग साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र  एक छाक खानलाई समस्या भएको ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने । 

तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ ।  वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ ।

सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भने, ‘गरीबलाई के दशैँ के चाडपर्व, सँधै एकनाश भएको छ । जब÷जब चाडपर्वको बेला आउँछ अरुले नयाँ–नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् ।  त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ । 

गत वर्ष तिनलाई सहयोग गरिए पनि यस वर्ष केही जानकारी नगराइएकाले दिन नसकिने बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले स्पष्ट पारे ।  बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनाका चार घर गरी जिल्लामा १४ घरधुरी चेपाङ छन्  ।  चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ  । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.