शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना उपचारबारेको निर्णय पुनर्विचार  हुनसक्ने

मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : ५०
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ । बालुवाटार स्रोत भन्छ, ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो । सम्भवतः यो निर्णयमा पुनर्विचार हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप