बुढानीलकण्ठबाट नगदसहित सुनको औंठी र मोबाइल लुटपाट, २ जना पक्राउ
मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : १०
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुढानीलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।
उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका-५ घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
इरानसँग तनाव बढेपछि आफ्ना नागरिकलाई इजरायल छाड्न अस्ट्रेलियाको आग्रह
-
सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै
-
जमिन मुनी पानीको चरम दुरुपयोग र भवनको भारले भासियो चीनको आधा सहर
-
आठ रन बनाउँदै आउट भए आसिफ शेख
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नजिक