केन्द्रीय संस्करण

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकीदीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको  छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.