शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्युठानमा बस दुर्घटना, चालकको मृत्यु

मङ्गलबार, ०४ कात्तिक २०७७, १३ : ११
मङ्गलबार, ०४ कात्तिक २०७७

प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए । 

सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३  की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएका छन् भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए । बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप