कात्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखा बन्द हुने
मङ्गलबार, ०४ कात्तिक २०७७, १२ : ५३
काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।
वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा