शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

मङ्गलबार, ०४ कात्तिक २०७७, १२ : २७
मङ्गलबार, ०४ कात्तिक २०७७

बुटवलव । प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार  माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दाङ घर भएका बस चालक ४० बर्षीय तारा रानाको घटनास्थलमा नै  मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठानको माण्डवि ९१ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् । उनीहरुलाई दाड उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप