कैलालीमा ड्युटी गएका प्रहरी जवानको शव पनि मोहना नदीमा फेला
काठमाडौं । कैलालीस्थित अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा भेटिएको छ । शनिवार साँझ असई गोविन्द बिकसँगै ड्युटी गएका साउदको शव मोहनामा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।
साउदको घाँटीमा घरेलु हतियार प्रहार गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढीमा पठाउने तयारी भइरहेको छ ।
अछाम घर भएका साउदलाई सँगै लिएर मोटरसाइकलमा गस्ती गएका असई बिकको शव पनि आइतरबार मोहनामै फेला परेको थियो । गोविन्दको शव फेला परेको करिब दुई सय मिटर उत्तर पश्चिममा उनको शव भेटिएको हो ।
गोविन्दले बोकेको पेस्तोल र मोबाइल मोहना नदीबाट प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ । हालसम्म अनुसन्धानका लागी १३ जनालाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा