बालुवाटारमा प्रचण्डको प्रस्ताव : कर्णाली विवाद मिलाउने जिम्मा प्रदेशलाई नै दिऔँ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । गत असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो ।
यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ बोलाएर छुटछुट्टै छलफल गरेपनि कसरी मिलाउने भन्नेमा ओली र प्रचण्डबीच नै विवाद देखिएपछि विवादबारे निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।
यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रदेश सरकार संघको प्रशासनिक इकाई मात्र रहेको भनेर अभिव्यक्ति दिएपछि संघीयताबारे थप विवाद सिर्जना भएको थियो । यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने जिम्मा प्रदेशलाई नै दिनुुपर्ने प्रस्ताव ओलीसमक्ष राखेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता र छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्यामा केन्द्रले हस्तक्षेप गर्नु भन्दा प्रदेशलाई नै मिलाउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डको यो प्रस्तावमा ओली मौन रहेपछि कुनै सहमति बन्न नसकेको बुझिएको छ ।
ओली र प्रचण्डबीच करिव २ घण्टा भेटवार्ता भएपनि कर्णाली विवादबारे कुनै निकास नआएको प्रचण्ड निकट एक नेताले बताए । ‘दुई अध्यक्षबीच करिव २ घण्टा छलफल भयो तर कुनै सहमति भएन’, ती नेताले भने, ‘छलफलमा अध्यक्ष प्रचण्डले यो कर्णालीको समस्या त्यहीको पार्टी र प्रदेश सरकारले नै हल गर्नुपर्छ यो उतै जिम्मा दिउ भन्ने प्रस्ताव गर्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालक र सहचालक घाइते
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही