शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेटमा हुने ग्यास र भारीपनको समस्याबाट छुटकारा पाउन के गर्ने ?

मङ्गलबार, ०४ कात्तिक २०७७, ११ : ४४
मङ्गलबार, ०४ कात्तिक २०७७

एजेन्सी – धेरैजसो मानिसहरु पेटमा हुने ग्यास र भारीपनको समस्याबाट गुज्रिरहेका हुन्छन् । पेटमा ग्यास भरिएपछि भारीपन हुने समस्या हुन्छ । जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ । त्यसैले कहिले काँही जीवनशैलीमा परिवर्तन गर्दा ग्यासको समस्या कम हुन्छ ।

खानामा नियन्त्रण
सामान्यताः हामी जुन कुनै खाना पनि जुनकुनै समयमा खानको लागि तयार हुन्छौँ । जसले निकट भविष्यमा नै निकै नकारात्मक परिणाम दिन्छ । त्यति मात्र होइन कहिलेकाँही फरक–फरक खानेकुरा खाँदा पनि पेटमा ग्यास भरिने समस्या हुन्छ । यसबाट छुटकारा पाउनका लागि खाने पिउने समयमा पनि ध्यान दिनु आवश्यक हुन्छ । 

प्रायः मानिसहरु घरबाहिर हुँदा फास्ट–फुड खाने गर्छन् । जसको कारण तेलमा पाकेको खानेकुराको प्रयोग धेरै गरिन्छ । जसको कारण पेटमा ग्यास बढ्नु स्वाभाविक हुन्छ । त्यसैले हामीले खाना खाने समयमा पनि काबु गर्नुपर्ने हुन्छ । 

चपाएर खाना खाने
धेरै जसो व्यक्तिहरु छिट्टो छिट्टो खाना खाने र नचपाइ निल्ने गर्छन् । जसको कारण खाएको खाना पेटमा पच्न निकै लामो समय लाग्छ । र ग्यास बढ्छ । त्यसैले खाना खाँदा चपाई चपाई खाने गर्नुपर्छ जसले रसायनसँग घोलिएर खाना सजिल्यै पच्छ । 

धुम्रपान 
धेरै मान्छेलाई धुम्रपानका कारण पेटमा ग्यास भरिने समस्या पैदा हुन्छ । धुम्रपान गर्ने समयमा एक्सेस एयर पेटमा लिन्छन् । जसको कारण पेटमा खाना पच्न निकै लामो समय लाग्छ । त्यसैले ग्यासको समस्या कम गर्नका लागि धुम्रपान गर्ने बानी छोड्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप