बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ गीतसंगीत : सीतारामको ‘मनको मैलो’देखि एलिनाको ‘दसैं तिहार आयो’ सम्म (भिडियोसहित)

मङ्गलबार, ०४ कात्तिक २०७७, ११ : २०
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । व्यवसाय नभएपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम तीव्र छ । सातामा घटीमा पनि दुई दर्जन वा सो भन्दा बढी नयाँ गीत संगीत भित्रिने गरेका छन् । हिन्दु नेपालीहरुको महान चाड दसंैको अवसर पारेर पनि बजारमा थुप्रै गीत भित्रिएका छन् । तीमध्य केही गीत यस्ता रहेका छन् । 

सीतारामको ‘मनको मैलो’
गायक सीताराम पोखरेलको नयाँ गीत ‘मनको मैलो’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सञ्जय हमालको संगीत तथा संगीत संयोजन रहेको छ ।
हेमन्त खतिवडाको शब्द रहेको गीतको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री रीमा विश्वकर्मासँगै गायक पोखरेल, आयुषी ढकाल र हेमा श्रेष्ठको अभिनय रहेको छ ।
भिडियोमा फराज अर्पणको सम्पादन तथा छायांकन छ ।

एलिनाको ‘दसैं तिहार आयो’

घटस्थापनासँगै दसैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दसैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ ।
शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका विक, कशिष रेग्मी, सीमीए सुनुवार फिचर्ड छन् ।
भिडियोमा सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग तथा शिवकै कोरियोग्राफी छ । 

‘नजाऊ नभन...’ भन्दै एलिना   
एलिना चौहान र अन्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन...’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालकुमार बरालको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ ।
गीतमा गरिबिको गन्तब्य पर्देश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ । 

स्मिताले ल्याइन् ‘मायाले मलाई बोलायो’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको ‘मायाले मलाई बोलायो’ गीत सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा पनि उनको अभिनय रहेको छ ।
भिडियोमा उनले अभिनेता सलोन बस्नेतसँग रोमान्स गरेकी छन् । सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको अलवा बालकलाकार सलिन राना र अल्फा शाह ठकुरीको समेत अभिनय देख्न सकिन्छ । 
गीतमा बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्ति पछि देखिएको प्रेमीप्रेमिकाको खुसी ब्यक्त गरिएको छ । शिशिर खातीको निर्देशन रहेको भिडियोमा शंकल भुजेलको छायाँकन, बनिश शाहको सम्पादन र आर्जु बैजुको कोरियोग्राफी रहेको छ ।
गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ ।  

प्रविशा ‘इशारा काफी छ’
गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत रहेको छ ।
भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्कीको अभिनय रहेको छ । भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ ।

मेलिनाको ‘सागर भन्दा निश्चल माया’
दीपक चौलागाईं र मेलिना राइको स्वर रहेको ‘सागर भन्दा निश्चल माया’ बोलको गीत सार्वजनिक भएको छ । रोनिङ राइको शब्द, दीपक चौलागाईं र रोनिङ राइको संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी, गौरभ शाही र बालकलाकारमा अकेसा पोखरेल, युजेस न्यौपाने, आइन्स चौलागाईको अभिनय रहेको छ । 
गीतको भिडियो मनिष श्रेष्ठले निर्देशन गरेका हुन् । 
 
सरुको ‘डिजिटल फोटो’ 
गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वर रहेको गीत ‘डिजिटल फोटो’ सार्वजनिक भएको छ । 
कुमार कटुवालको शब्द र दीपक शर्माको संगीत रहेको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । उत्सब दाहालको छायांकन रहेको भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज)सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ ।

पुष्प अभिनित ‘छुट्नै पो रैछ क्यारे’ 
अभिनेता पुष्प खड्का अभिनित ‘छुट्नै पो रैछ क्यारे’ म्युजिक भिडिया सार्वजनिक भएको छ । भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय छ । 
थानेश्वर गौतम र शान्तिश्री पारियारको स्वर रहेको गीतमा  शब्द प्रभा बर्तौलालले कोरेकी हुन् । गीतको भिडियोमा एक सच्चा प्रेम घर–परिवारका कारण बिच्चैमा छुट्नु पर्दा हुने पिडालाई भिडियोमा देखाइएको छ ।
माओत्से गुरुङले भिडियो निर्देशन गरेका हुन् । 

मेलिनाको ‘माया गाँठो पर्ला’ 
गायक कमल श्रेष्ठ  र लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीत ‘माया गाँठो पर्ला’ सार्वजनिक भएको छ । 
उत्तमजंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोमा रविन बिस्ट र एन्जिला बाँनियाको अभिनय छ । 
भिडियो देवजंग थापाले निर्देशन गरेका हुन् ।

बादलको ‘जय हो’
गायक बादल थापाको स्वर रहेको गीत ‘जय हो’ सार्वजनिक भएको छ  । शिशिर जय खरेलको शब्द संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
गीतको भिडियो पनि रोमान्टिक शैलीमा बनेको छ । जसलाई अतुल सिंह ठकुरीले निर्देशन गरेका हुन् । बिजय बनियालको कोरियोग्राफी रहेको गीतमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्जÞ तामाङ, सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेतको अभिनय रहेको छ ।

‘माछी भुल्यो’मा पल 
पल शाह र रीयाशा दाहालको अभिनय रहेको ‘माछी भुल्यो’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायिका दीपशिखाको स्वर छ । 
भारितिय गायिका दीपशिखाले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएकी हुन् । उनले हालसम्म १० भन्दाबढि नेपाली गीत गाईसकेकी छन् ।
गीतको भिडियो प्रभावन जेले निर्देशन गरेका हुन् । जसमा छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई र म्पादन डिन्शन शाहको छ ।
 
‘जाउँ माया जाउँ’मा आँचल 
राजनराज सिवाकोटी र एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । राजनराजकै शब्द र संगीत रहेको गीतको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । 
भिडियोमा आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारको अभिनय रहेको छ । प्रेमी र प्रेमिकाबीच आफ्नो मायालाई जीवन्त प्रदान गर्न शहरको सुख सुविधालाई त्यागेर गाउँको दुःखदायी अवस्थालाई स्वीकार्ने गरि फर्केन विषयलाई मार्मिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप