शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवाहीगोनाही नगरपालिकाद्वारा ४९ करोडको बजेट

मङ्गलबार, ०४ कात्तिक २०७७, १० : ५९
मङ्गलबार, ०४ कात्तिक २०७७

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको चौथो नगर सभाले ४९ करोडको बजेट बिनियोजन गरेको छ । देवाहीगोनाही नगरपालिकाको प्रांगणमा सोमबार आयोजित एक समारोहका बीच मेयर धर्मेन्द्र पटेलले नगरसभाको उदघाटन गरेका थिए ।
मेयर पटेलले नगरपालिकाको आर्थिक बर्ष २०७७/७८काे लागि नगरको समग्र विकासको लागि कुल आय अनुमानित रकम ४९ करोड २ लाख ३४ हजार २९ रुपैया बजेट प्रस्तुत गरेका थिए  ।

मेयर पटेलले नगरपालिकाको  आय व्ययको अनुमान विवरण आन्तरिक राजस्वबाट १ करोड, राजश्व बाँडफाड संघबाट ७ करोड १८ लाख ६ हजार १ सय १० रुपैयाँ,  प्रदेशबाट ३६ लाख २५ हजार, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७६ लाख रहेको छ ।
 त्यसैगरी  संघीय सरकारबाट सशर्त अनुदान १५ करोड ४४ लाख, संघीय सरकारबाट समपुरक अनुदान १ करोड ९४ लाख, संघीय सरकारबाट विशेष अनुदान १ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७१ लाख ६३ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान ८० लाख, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट समपुरक अनुदान २० लाख रहेको छ । 

त्यस्तै  गत वर्षको खर्च हुन बाँकी रहेको बैंक मौज्दात  नगद  ९ करोड ३२ लाख ३९ हजार ९ सय १९ रुपैया आय रहेको छ।
नगरसभाले भौतिक पूर्वाधार निर्माण , शिक्षा ,स्वास्थ , कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । 
मेयर पटेलका साथै उपमेयर परनिया देवि पटेल , निमित्त प्रमुख  प्रशासकीय अधिकृत राजदेव राम लगायतकाले मन्तब्य राखेका थिए । निर्धारित समय भन्दा केही महिना ढिलो गरी नगरसभा भएको हो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप