शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

मङ्गलबार, ०४ कात्तिक २०७७, १० : ०९
मङ्गलबार, ०४ कात्तिक २०७७

बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा  बिहान  मृत्यु भएको हो ।ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप