शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको दशा नबनोस् दसैँ

तरिका बदलौँ, महामारीमा यसरी मनाऔँ दसैँ
मङ्गलबार, ०४ कात्तिक २०७७, ०९ : ५६
मङ्गलबार, ०४ कात्तिक २०७७

नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अहिलेको दसैँ जो जहाँ छ, त्यहीँ मनाउन सार्वजनिक रुपमा आग्रह गरेको छ ।

तर घटस्थापना सुरु भएदेखि दैनिक करिब साढे ४ हजार सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् भने उपत्यकाका विभिन्न नाका हुँदै त्यही अनुपातमा सवारी साधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादव बताउँछन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गर्दा उपत्यकाका अस्पतालमा भेन्टिलेटर, आइसियु र अक्सिजनको अभाव सिर्जना भएको छ । वृद्धवृद्धा, दीर्घरोगीमा समेत संक्रमण सुरु भएसँगै परम्परागत रुपमै दसैँ मनाउने हो भने घरघरमा कोरोनाभाइरस पुग्न सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिँदै आएका छन् ।

बडादसैँमा मान्यजन तथा आफन्तजनबाट टीका लगाएर आर्शिवाद लिइन्छ । विगतमा बडादसैँ मनाउने शैलीलाई नै निरन्तरता दिने हो भने कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना महामारीको बेला दसैँ मनाउने तौरतरिकालाई केही परिमार्जन गर्न सुझाव दिएका छन् ।

सरकारले आफू हाल बसेकै ठाउँमा दसैँ मनाउन सर्वसाधारणलाई आग्रह गरे पनि काठमाडौं उपत्यकाबाट दैनिक सरदर २५ हजार मानिस बाहिरिएका छन् ।

कोरोना महामारीको बेलामा बडादसैँमा उपत्यकाबाट बाहिरिने र भित्रिने क्रम यसैगरी जारी रहने हो भने भयावह अवस्था नआउला भन्न सकिन्न । यही परिस्थितिलाई आँकलन गर्दै सरुवा रोग विशेषज्ञ डाक्टरहरुले कोरोना संक्रमणबाट जोगिन सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कोरोना महामारीका बीच दसैँ कसरी मनाउने भन्नेबारे रातोपाटीमार्फत केही सुझावसमेत दिएका छन् ।

बडादसैँमा मान्यजन तथा आफन्तजनबाट टीका लगाएर आर्शिवाद लिइन्छ । विगतमा बडादसैँ मनाउने शैलीलाई नै निरन्तरता दिने हो भने कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना महामारीको बेला दसैँ मनाउने तौरतरिकालाई केही परिमार्जन गर्न सुझाव दिएका छन् ।

यसपालीको बडादसैँ मनोरञ्जनात्मक एवं एक आपसमा भेटघाट भन्दा पनि सुरक्षात्मक तवरबाट मनाउनुपर्ने उनको भनाइ छ । बडादसैँको टीका साइतअनुसार लगाउने गरिन्छ तर कोरोना महामारीको बेलामा साइतलाई नै आधार मानेर टीका लगाउँदा भिडभाड हुने र संक्रमण सर्न सक्ने भएकाले साइतलाई बढी प्राथमिकता दिन नहुने उनले बताए ।

महामारीमा दसैँ मनाउनैपर्ने अवस्था आएमा टीका थाप्ने र लगाइदिनेले मास्क, पञ्जा, चस्मा अनिवार्य रुपमा लगाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘सकेसम्म जो जहाँ हुनुहुन्छ, त्यहीँमात्रै टिका लगाउँ, आफन्तजनको घरघरमा नजान र नबोलाउन मेरो अनुरोध छ,’ उनले भने, ‘अहिले महामारीको समयमा हामीले सुरक्षित भएर चाडपर्व मनाएको खण्डमा अर्को पर्वमा तिनै दीर्घरोगी वृद्धवृद्धा, बा–आमाको आशिर्वाद थाप्न सकिन्छ ।’

‘टीका तथा आशिर्वाद थाप्ने र दिने क्रममा दुवैथरीले मास्क लगाउनु पर्छ,’ उनले भने, ‘परिवारकै सदस्यबीचमा पनि भिडभाड नगरिकन, सामाजिक दुरी कायम गरेर टीका तथा आशिर्वाद लिने÷दिने गर्नुपर्छ ।’

सहरतिर टीका तथा आर्शिवाद आदानप्रदान कार्यक्रम प्रायः कोठाभित्र गरिन्छ भने गाउँघरतिर कोठा, पिँढी, आँगन तथा खुल्ला ठाउँमा टिकोटालो गरिन्छ ।

यो बडादसैँमा टीका थाप्दा फराकिलो ठाउँ रोजेर, सामाजिक दुरी कायम गरेर पालोपालो लगाउनुपर्ने उनले बताए ।

महामारीमा दसैँ मनाउनैपर्ने अवस्था आएमा टीका थाप्ने र लगाइदिनेले मास्क, पञ्जा, चस्मा अनिवार्य रुपमा लगाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘सकेसम्म जो जहाँ हुनुहुन्छ, त्यहीँमात्रै टिका लगाउँ, आफन्तजनको घरघरमा नजान र नबोलाउन मेरो अनुरोध छ,’ उनले भने, ‘अहिले महामारीको समयमा हामीले सुरक्षित भएर चाडपर्व मनाएको खण्डमा अर्को पर्वमा तिनै दीर्घरोगी वृद्धवृद्धा, बा–आमाको आशिर्वाद थाप्न सकिन्छ ।’

दसैँका नाममा घरमै हालसम्म सुरक्षित भएका वृद्ध अभिभावक तथा दीर्घरोगीलाई अप्ठयारोमा नपार्न पनि उनले सबैलाई आग्रह गरे ।

दसैँमा परिवार, आफन्तजन एकै ठाउँमा जम्मा भएर टीका तथा आशिर्वाद आदानप्रदान गर्ने चलन भए पनि यसपालीको बडादसैँमा घरमा आलोपालो मात्रै टीकाका लागि बोलाउनु उचित हुने उनी बताउँछन् ।

दसैँ लगायत अन्य चाडपर्वमा मनोरञ्जन र खानपानका लागि प्रायः नेपालीले ‘नाइँ’ भन्न नसक्ने डा. पुन बताउँछन् । कोरोना महामारीलाई मध्यनजर गर्दै यसपालीको दसैँमा आफन्तजन भेटघाट भएको बेलामा नाच्ने, गाउने, खानेजस्ता गतिविधिलाई सकेसम्म नियन्त्रित गर्न उनले सुझाव दिए ।

वीर अस्पतालमा कोभिड—१९ का बिरामीको उपचारमा खटिएका डा. अच्युत कार्की पनि सकेसम्म दसैँमा टीका लगाउन आफन्तजनका घरमा नजान र आफन्तलाई पनि नबोलाउन आग्रह गर्दछन् ।

कोरोना महामारीमा घरमा भएका वृद्धवृद्धा, दीर्घरोगी लगायत सबैजना संक्रमणबाट सुरक्षित भएको खण्डमा मात्र चाडपर्वको पनि सार्थकता हुने भन्दै उनले यसमा सबैले ध्यान दिन जरुरी रहेको बताए ।

टीका लगाइदिनै पर्ने र लगाउनै पर्ने भएमा स्यानिटाइजर र साबुनपानीले हात सफा गरिरहनुपर्ने उनको भनाइ छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप