चोरीको आरोपमा दुई पक्राउ
कास्की प्रहरीले माछापुच्छ«े गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ