राजस्थानसँग चेन्नई पराजित, प्लेअफको यात्रा कठिन
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । यो सिजन राजस्थानले चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । सिजनको सातौँ हारसँगै चेन्नईको प्लेअफको यात्रा कठिन बनेको छ । उता, राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
राजस्थानलाई जीत दिलाउन जोस बटलरले आईपीएलमा आफ्नो ११ औँ अर्धशतक लगाए । उनले ४८ बलमा नटआउट रहँदै ७० रन बनाए । बटलरले चौथो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर ९८ रनको साझेदारी गरे । उनी म्यान अफ द म्याच चुनिए । स्मिथले नटआउट रहँदै २६ रन बनाए ।
दुई जनाले ५ ओभरमा ४५ रन बटुल्दै टोलीलाई जीत दिलाए । चेन्नईका लागि दीपक चाहरले २ तथा जोश हेजलवुडले १ विकेट लिए ।
यसअघि, पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा मात्र १२५ रन बनाउन सक्यो । रविन्द्र जडेजाले सर्वाधिक ३५ तथा कप्तान महेन्द्रसिंह धोनीले २८ तथा सैम करनले २२ रन बनाए । यो सिजनको कुनै पनि टोलीले प्रस्तुत गरेको सबैभन्दा सानो लक्ष्य हो । यसअघि कोलकाताबिरुद्ध हैदराबादले १४३ रनको लक्ष्य प्रस्ुत तगरेको थियो ।
यो खेलमा धोनीले आईपीएलमा २ सयौँ खेल पुरा गरे भने उनले चेन्नईका लागि ४ हजार रन पनि पुरा गरे । त्यस्तै, खेलमा सञ्जु स्याम्सनलाई क्याच गदै १५० औँ शिकार बनाए ।
आजको खेलमा पञ्जाब र दिल्ली भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !