मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

सोमबार, ०३ कात्तिक २०७७, २१ : ५४
सोमबार, ०३ कात्तिक २०७७

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । 
थपिनेमा कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना छन् । सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप