शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रण गर्न स्लोभानियामा  ‘कर्फ्यू’

सोमबार, ०३ कात्तिक २०७७, २१ : ५०
सोमबार, ०३ कात्तिक २०७७

कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ । 

देशव्यापी कफ्र्यु रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ । 

हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ ।  

देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको देखिएको हो । 

महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कफ्र्यु लागु गर्ने घोषणा गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप