बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेनालाई सदैव सहयोग गर्छुः उपप्रम पोखरेल

सोमबार, ०३ कात्तिक २०७७, २१ : ४६
सोमबार, ०३ कात्तिक २०७७

सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई आज बिदाइ  गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो  कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र  कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै  उनले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिए । उपप्रधानमन्त्री पोखरेलले भने, “म आफू जुनसुकै ठाउँमा रहे तापनि  सेनालाइ सदैव सहयोग गर्ने छु ।”
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करीब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरे । 
सो अवसरमा निवर्तमान रक्षामन्त्री पोखरेललार्ई प्रधानसेनापति थापाले मायाको चिनो प्रदान गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप