नेकपा प्रवक्ता श्रेष्ठको सुझाव: राजनीतिक पार्टी र विज्ञहरुको बैठक बोलाउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ ले उत्पन्न संकट चौतर्फी गहिरिँदै गएको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सबैको भएको बताएका छन् । उनले यसको नियन्त्रण गर्ने जिम्मेवारी मुलतः सरकारको नै भएको भन्दै यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति नरेको स्पष्ट भएको बताएका छन् ।
‘तर हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छन मिल्दैन’, सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’
साथै उनले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले यथाशिघ्र प्रतिपक्षीलगायतका राजनीतिक पार्टीहरु र विज्ञहरुको बैठक बोलाई परामर्श गर्न उचित हुनेछ’ श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा