बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्याम्पको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन

सोमबार, ०३ कात्तिक २०७७, १९ : ३१
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)को पाँचौ वार्षिक बैठकबाट सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालको तर्फबाट सदस्यमा निर्वाचित भएको छ । 

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ देखि २० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्प० को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो। 

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) ले आफ्नो अक्टोबर २०२० को आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो । 

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भएअनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए । 

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)को सदस्यमा हाल ४६ वटा देशहरुको ६१ वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष मिलन राज नेपालीले अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गरेका थिए । साथै, सिएसराआईका महासचिव ई. शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप