सभामुख सापकोटाको दशैं भत्ता पनि कोरोना कोषमा
सोमबार, ०३ कात्तिक २०७७, १८ : ३७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आउने दशैं भत्तावापतको रकम कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सभामुख सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दैै उनले आफुलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । उनले मुलुक कोरोना महामारी र आर्थिक संकटमा रहेका बेला सत्ता पक्ष र प्रतिपक्ष दलहरुले गरेको सुझबुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद समेत दिएका छन् ।
सभामुख सापकोटाले संघीय संसदका सदस्यहरु तथा संसदीय दलका पदाधिकारीहरु लगायत पार्टी नेतृत्वबाट गरिएको सराहनीय प्रयासमा प्रदेशसभाका माननीय सदस्यहरुबाट पनि सकारात्मक प्रतिक्रियासहित सहयोग जुट्ने आशा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी