शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरी टोलीद्वारा भारतीय रुपैयाँ बरामद

सोमबार, ०३ कात्तिक २०७७, १८ : ०९
सोमबार, ०३ कात्तिक २०७७

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला फालेर फरार भएका थिए । उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे सशस्त्र प्रहरीले जनाएको छ । 
 बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप