कोरोना संक्रमितहरुको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्योः २१ वामपन्थी दल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित २१ वामपन्थी दलहरुले कोरोना संक्रमित नागरिकको उपचार आफैंले गर्नुपर्ने भन्ने सरकारको निर्णयको विरोध गरेका छन् । सोमबार २१ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा संक्रमितहरुको उपचारमा राज्यले उपचार गर्नबाट पछि हट्न नहुने बताएका हुन् ।
विप्वव नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल लगायत २१ वामपन्थी दलहरुले सरकार नागरिकको उपचार गर्नबाट पछि हटेको आरोप लगाउँदै संविधानको धारा १५ को समेत खुला उल्लंघन भएको ठहर गरेका छन् । विज्ञप्तिमा यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्न दिएको आदेशेको समेत उपहास गरेको जनाइएको छ ।
ती दलले आम नागरिकको बाँच्न पाउने अधिकारमाथि समेत अतिक्रमण गरेको आरोप लगाउँदै उक्त निर्णय अबिलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो