बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएल बीच सहकार्य

सोमबार, ०३ कात्तिक २०७७, १७ : ४०
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्ने सम्झौता बमोजिम एनपीएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ । 

उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल–आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसै गरी आउने दिनहरुमा एनसीएचएलले एनपीएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।  

एनपीएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुइ पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।  

एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । बैंक वित्तिय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पिएसपी÷पिएसओहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । 

एनपीएस आइटी र फिन्टेक क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले विभिन्न भुक्तानीका  सेवाहरु एकिकृतलगायत एपीआईमा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ । साथै यसले अन्तरबद्धता मार्फत बैंक वित्तिय तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु प्रदान गर्दै जानेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप