मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

सोमबार, ०३ कात्तिक २०७७, १७ : २३
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३८ वर्षीय नरेश मेचे रहेका छन् ।

जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका-६ बस्ने पुरुषलाई ०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरुले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो । सो क्रममा १ जना प्रहरी कर्मचारी घाइते समेत भएको उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप