केन्द्रीय संस्करण

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।  उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरेका छन् । सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने  मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी  पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने जनाइएको छ । 
हस्ताक्षर कार्यक्रममा उनीहरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.