शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका सबै सांसदले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

सोमबार, ०३ कात्तिक २०७७, १५ : १०
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको रातोपाटीलाई जानकारी दिए । 

नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
 ‘कोरोनाविरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ’, नेता नेम्वाङको भनाइ छ । 
उनले केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने जानकारी पनि दिए । 
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप