पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज
पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज भएको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएकाले ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेको हो ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम नविकरण नभएपछि खारेज भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कार्यविधिमा मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरुको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
खारेज हुनेमा श्रीकृष्ण सेक्युरिटीज (ब्रोकर नम्बर २८), सुन्धारा सेक्युरिटीज(ब्रोकर नम्बर ५२), प्रज्ञान सेक्युरिटीज (ब्रोकर नम्बर १०), नासा सेक्युरिटीज(ब्रोकर नम्बर ५८) रसुप्रवी सेक्युरिटीज (ब्रोकर नम्बर २२)रहेको नेप्सेले जानकारी दिएको छ । मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुले नविकरण गर्न निवेदन दिएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा