बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ

सोमबार, ०३ कात्तिक २०७७, १३ : १४
सोमबार, ०३ कात्तिक २०७७

जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् ।  सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । 

सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडी सहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 

प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको उनले बताए ।  पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुन सहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप