बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा राजदेवीलाई बोका बलिको साटो कुभिण्डो चढाइने

सोमबार, ०३ कात्तिक २०७७, १३ : ०४
सोमबार, ०३ कात्तिक २०७७

जनकपुर । जनकपुरस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष कुभिन्डो चढाएर पुजाआजा गरिने भएको छ ।

प्रत्येक वर्षझैँ हुँदै आएको बोकाबलिको साटो यस वर्ष कुभिन्डोको बलि दिने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

कोरोना महामारीमा हुने अत्यधिक भिडभाडको कारण यस वर्ष बोका बलिको साटो कुभिन्डो चढाएर क्षमापूजा गर्ने निर्णय भएकोे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बसेको बैठकले राजदेवी मन्दिरमा हुने बलि प्रदानलाई रोकेर कुभिण्डो बलिलाई नै क्षमापूजाको रुपमा लिने सहमति गरेको छ ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीमा १७ हजार भन्दा बढी बोकाबलि प्रदान हुने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप