शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरण मुद्दामा १७ वर्ष कैद तोकिएका नरेश मेचे पक्राउ

सोमबार, ०३ कात्तिक २०७७, १३ : ०२
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । झापा बिर्तामोड नगरपालिका–६ का सुनिलकुमार अग्रवाललाई अपहरण गरेर बन्धक बनाउने नरेश मेचेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ६ वर्षपछि पक्रेको छ ।  ०७१ माघमा नरेशको समूहले अग्रवाललाई झापाको धरमपुरमा बन्धक बनाएका थिए ।  उद्धार गर्न पुगेका प्रहरीलाई गोली हानेर भागेका मेचेलाई झापा जिल्ला अदालतले ०७३ असारमा १७ बर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो । 

मेचेलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागी झापा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले रातोपाटीलाई बताए ।  झापाका मेचीनगर नगरपालिका घर भएका ३८ वर्षीय नरेशसँगै अपहरणमा संलग्न अन्य ८ जनालाई प्रहरीले यसअघि नै पक्रेर मुद्दा चलाएको छ । 

बजरंग पन्सारी अग्रवाल समेतले सुनिललाई अपहरण गरेर एम्बुलेन्समा हाली धरमपुर–२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाएका थिए । घटनामा संलग्न आरोपी बिरुद्ध प्रहरीले अपहरण शरिर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप