शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध जडिबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु

सोमबार, ०३ कात्तिक २०७७, १२ : ४८
सोमबार, ०३ कात्तिक २०७७

वाग्मती । प्रतिबन्धित जडिबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । 

इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ । 

थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडीबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप