शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द

सोमबार, ०३ कात्तिक २०७७, १२ : ४२
सोमबार, ०३ कात्तिक २०७७

प्युठान । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ । चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।  सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप