केन्द्रीय संस्करण

हेल्मेटभित्र १० लाख रुपैयाँ

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ  उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका छोरा वर्ष २० का दीपक पटेल रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन ।

ईशनाथ  नगरपालिका वडा नं.७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पटेलले लगाएको सेतो रंगको हेल्मेटभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको एसपी शाहले जानकारी दिए ।

बरामद भएको रकममा रु १ हजार  दरको नेपाली नोट  ८ लाख र ५ सय दरको नेपाली नोट दुई लाखसमेत गरी जम्मा नेपाली नगद १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोत नखुलेको कारण आवश्यक कारवाहीको लागि पटेललाई मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

भारतबाट ठूलो परिमाणमा रकम लिएर आउँदा ईशनाथमा पक्राउ पर्ने यो चौथो व्यक्ति हुन् । पछिल्लो समय रौतहटमा प्रहरीले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिने क्रम बढेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.