केन्द्रीय संस्करण

जब आदित्यले पितालाई श्वेतासँग विवाह गर्ने निर्णय सुनाए, उदित नारायणले दिए यस्तो जवाफ

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0

गायक आदित्य नारायण आजकाल आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । उनी चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । अब आदित्य नारायणका पिता उदित नारायणले छोराको विवाहबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । आदित्य एकदिन म भएठाउँ आए र आफू श्वेतासँग विवाह गर्न चाहेको बताए । मैले आदित्यलाई भविष्यमा केही भए आमाबुवालाई दोष नदिने भनिदिएँ ।’

उदितले भने, ‘हामी आदित्यको विवाह निकै धूमधामसँग गर्न चाहन्थ्यौं तर कोरोनाले हाम्रो इच्छा पूरा हुन दिएन । कम मानिसहरुको उपस्थितीमा मुम्बईमा नै विवाह हुनेछ । म त आदित्यको विवाहको उत्सव भव्य रुपमा मनाइयोस् र यसमा धेरैभन्दा धेरै मानिसहरुको उपस्थिती होस् । तर म सरकारको निर्णयविरुद्ध जाने छैन । आशा गर्छु कि डिसेम्बरसम्म स्थिती नियन्त्रणमा आउनेछ ता कि एक्लो छोराको विवाहमा रमाउन सकूँ ।’

यसअघि आदित्यले उनी डिसेम्बर १ मा श्वेतासँग विवाह गर्ने बताएका थिए । कोभिड–१९ का कारण परिवारका सदस्य र नजिकका साथीबीच उनीहरुको विवाह हुनेछ किनभने महाराष्ट्रमा ५० भन्दा बढी पाहुना उपस्थित हुन अनुमति छैन । आदित्यले भने, ‘हामी मन्दिरमा निकै साधारण तरिकाले विवाह गर्नेछौं । स्थिती राम्रो भए हामी भव्य रिसेप्सन भने दिनेछौं ।’

स्मरण रहोस्, आदित्य नारायण र श्वेता अग्रवाल पछिल्लो १० वर्षदेखि सम्बन्धमा छन् । अब यत्तिका वर्षपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका छन् । आदित्यले उनको र श्वेताको भेट सन् २०१० मा फिल्म ‘शापित’ को सेटमा भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.