बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नवरात्रिको तेस्रो दिनः माता चन्द्रघण्टाको उपासना, आत्मविश्वासका साथ निर्णय लिने शक्ति प्राप्त हुने

सोमबार, ०३ कात्तिक २०७७, ०९ : १०
सोमबार, ०३ कात्तिक २०७७

एजेन्सी – नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाप्रति समर्पित छ । चन्द्रघण्टा देवीको निधारमा अर्धचन्द्र रहेको छ । यसैकारण यी देवीलाई चन्द्रघण्टा देवी नाम राखिएको हिन्दु धर्ममा उल्लेख छ । चन्द्रघण्टा देवीलाई दुर्गा माताकोे शिवदूती स्वरुप भनिन्छ । 

भगवतीको यो स्वरुपको बाहन सिंह हो । र दश हात मानिन्छ जुन हातहरुमा खड्ग र विभिन्न अस्त्र र शस्त्रले शुसज्जित छ । 

असुरा दैँत्यसँग युद्धमा देवी चन्द्रघण्टाले घण्टाको आवाजले असुराहरुको नाश गरिदिएको शास्त्रमा उल्लेख छ । नवरात्रिको तेस्रो दिन यी देवीको पूजाआरधाना गर्ने गरिन्छ । 

यी देवीको पूजाआरधना गर्दा तेस्रो मणिपुर चक्र जागृत हुने सिद्धियाँ स्वतः प्राप्त हुन जान्छ । सांसारिक कष्टहरुबाट मुक्ति पाउनका लागि देवी चन्द्रघण्टाको पूजा गर्ने गरिन्छ । यसबाट स्पष्टता, आत्मविश्वास र सही निर्णय लिने योग्यता जस्ता गुण प्राप्त हुने विश्वास गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप