शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईएपीएलमा दोस्रो पटक सुपरओभर पनि बराबरी : डबल सुपरओभरमा पञ्जाबले हरायो मुम्बईलाई

सोमबार, ०३ कात्तिक २०७७, ०७ : ३८
सोमबार, ०३ कात्तिक २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको छ । यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो ।

पञ्जाबका लागि क्रिस जोर्डन र मुम्बईका लागि ट्रेन्ट बोल्टले सुपर ओभरमा बलिङ गरेका थिए । आईपीएलमा पहिलोपटक एकै दिनमा तीन सुपर ओभर भयो । यसअघि पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा नै पराजित गरेको थियो ।

त्यस्तै, पञ्जाब र मुम्बईबीचको पहिलो सुपर ओभरमा पञ्जाबले ५ रन बनाएकोमा मुम्बईले पनि जवाफमा ५ रन मात्र बनाउन सक्यो । यसमा मुम्बईका लागि जसप्रीत बुमराह र पञ्जाबका लागि मोहम्मद शमीले बलिङ गरेका थिए । नियमअनुसार पहिलो सुपर ओभरमा ब्याटिङ र बलिङ गर्ने खेलाडीले दोस्रो सुपर ओभरमा फिल्डिङ मात्र गर्न पाउँछन् । त्यही भएर दोस्रो सुपरओभरमा फरक–फरक खेलाडीले बलिङ र ब्याटिङ गरे ।

आईपीएलमा दोस्रो पटक सुपर ओभर पनि बराबरी भएको हो । यसअघि सन् २०१४ मा कोलकाता र राजस्थानबीचको खेल बराबरी भएको थियो ।

टस जितेर ब्याटिङ गरेको मुम्बईले १७७ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ६ विकेटको क्षतिमा १७६ रन बनाएपछि खेल बराबरी भयो । पञ्जाबका लागि कप्तान लोकेश राहुले सबैभन्दा बढी ७७ रन बनाए । अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ९ रन चाहिएको थियो । तर, बोल्टले पञ्जाबलाई सो लक्ष्य हासिल गर्न दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप