मलेसियाको सडकमा अलपत्र अवस्थामा फेला परेका नेपालीको मृत्यु
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।
शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएका थिए ।
नेपाली अलपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो ।
तर उनको आइतबार मृत्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको जनाएको छ ।
सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत भेटिएको बताइएको छ ।
यसैबीच घटनालाई लिएर केही खराब मनसाय भएका व्यक्तिले भ्रामक प्रचार गर्दै बदनाम गराउने र दोष थोपर्ने कार्य गरेको भन्दै एनआरएनए मलेशियाले आपत्ति जनाएको छ । एनआरएनए मलेसियाले मानवीयतको आधारमा आवश्यक सहयोग गर्दागर्दै पनि मृत्यु हुनु पुगेको प्रति दुःख व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा
-
अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी