शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाको सडकमा अलपत्र अवस्थामा फेला परेका नेपालीको मृत्यु

आइतबार, ०२ कात्तिक २०७७, २३ : १४
आइतबार, ०२ कात्तिक २०७७

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । 

शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएका थिए । 

नेपाली अलपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो । 

तर उनको आइतबार मृत्यु भएको हो ।  एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले  आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको जनाएको छ । 

सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत भेटिएको बताइएको छ । 
यसैबीच घटनालाई लिएर  केही खराब मनसाय भएका व्यक्तिले भ्रामक प्रचार गर्दै बदनाम गराउने र दोष थोपर्ने कार्य गरेको भन्दै एनआरएनए मलेशियाले आपत्ति जनाएको छ । एनआरएनए मलेसियाले मानवीयतको आधारमा आवश्यक सहयोग गर्दागर्दै पनि मृत्यु हुनु पुगेको प्रति दुःख व्यक्त गरेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप